व्याक्तिगत खर्चबाट वडा अध्यक्ष शेर्पाले गर्नुभयो सडक स्तरोन्नति

सोलुखुम्बु, जेठ ३ गते । सोलुदुधकुण्ड नगरपालिका वडा नं १ का वडा अध्यक्ष छोङ्बा शेर्पाले ब्यक्तिगत खर्च गरेर सडक स्तरोन्नतिको काम गर्नुभएको छ । नगरपालिकाबाट आफुलाई प्राप्त हुने सुबिधाको रकम खर्च गरेर सडक स्तरोन्नतिको काम गर्नुभएको हो ।

वर्षायाममा स्थानीयलाई आवतजावतमा ठुलो कठिनाइ हुँनेभएपछि वडा अध्यक्ष लामाले सरकारबाट पाउने सुबिधाको रकमबाट टाक्सिन्धुको सडक स्तरोन्नति गरेको बताउनुभयो ।

बैशाख १ गतेबाट सुरु गरिएको सडक स्तरोन्नतिको काम ३१ गतेसम्म कुल २ लाख ९३ हजार १ सय रुपैयाँ खर्च भएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबीचमा ७५ घण्टाका लागि जेसिबिको १ लाख २३ हजार ७ सय ५०,इन्धन ६०२ लिटरको १ लाख ७ हजार ९ सय ४५ इन्धन ढुवानी ५ हजार, खाना खर्च २९ हजार ५ सय खर्च भएको छ ।

यसैगरी, टाक्सिन्दुमा ट्रयाक्टर १२ हजार ५ सय, गिटी ढुंङगा ६ हजार, ट्रयाक्टर छुलेमुमा रु ६ हजार ५ सय र अपरेटरलाइ थप रु २हजार गरी कुल खर्च २ लाख ९३ हजार १ सय ९५ रुपैयाँ भएको हिसाब उहाँले सार्वजनिक गगर्नुभएको छ ।

स्थानीयको सहजताका लागि बार्है महिना वडामा सवारीसाधन सञ्चालन होस् भन्ने उदश्यले निजी खर्चमा सडक स्तरोन्नतिको काम गरेको उहाँको भनाई छ ।