कृषि बीमाका लागि ९५ करोड

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोडको बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

सो बजेट मध्य सरकारले बाली तथा पशु बीमाको अनुदान दुई लाख भन्दा बढी किसानलाई दिने गरि बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले बाली तथा पशु बीमाका लागि रु ९५ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

चालु वर्ष भन्दा आगामी वर्षमा बीमाको अनुदान १९ करोडले बढेको छ ।

चालु वर्ष सरकारले बाली तथा पशु बीमाका लागि ८० प्रर्तिशत अनुदान दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै गर्दा कृर्षि बीमाका लागि रु ७६ करोट बजेट विनियोजन गर्नुभउको थियो ।