प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधनमार्फत प्रष्टीकरण दिनुहुने छ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।

सोहि कुराको विषयमा सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैहुनुहुन्छ । अहिले केहीबेरमा नयाँ बनेश्वरमा प्रमुख दलका सचेतकहरूसँग छलफल भईरहेको सभामुखको सचिवालयले जनाएको छ ।