प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, असार १ गते । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गर्नुभएको कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगतै समितिले उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनुहुने छ ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुदैहुनुहुन्छ ।