महादेशका अग्ला हिमाल आरोही पाण्डेलाई महालक्ष्मीद्वारा विदाई

काठमाडाैँ, असार ५ गते । महालक्ष्मी नगरपालिकाले हिमाल आरोही प्रकाशराज पाण्डेलाई यात्राको शुभकाना दिएर विदाई गरेको छ । आज नगरपालिको सभाहलमा एक कार्यक्रम आयोजना गरि आरोही पाण्डेलाई यात्राको शुभकाना दिएर विदाई गरेको हो ।

पाण्डे भोलीबाट सात वटा महादेशका उच्च हिमशिखरहरुको आरोहरणका लागि यात्रा गर्नुहुने छ । त्यसका लागि नगरप्रमुख हरिगोविन्द्र श्रेष्ठले नेपालको झण्डा दिएर उहाँले यात्राको सुरुवात गर्नुभएको हो । उहाँ महालक्ष्मी नगरपालिका वडा नम्बर २ का निवासी हुनुहुन्छ ।

सातै महादेशका अग्ला हिमशिखरहरुको आरोहरणका लागि भोली यात्रा गर्ने पाण्डेले जानकारी दिनुभयाे ।  उहाँले यो भन्दा पहिले नेपालका विभिन्न छ वटा हिमालहरुको आरोही गरिसकेको पनि बताउनुभयो । उहाँले २०७५ जेठ २ गते (१६ मे २०१८)मा सगरमाथाको सफ आरोही गरेको पनि जानकारी दिनुभयो ।  पाण्डेले रसियाको अग्लो हिमालबाट आरोहर शुरु गरेर नेपालको सगरमाथा चुम्ने तयारी गर्नुभएको छ ।

नगरप्रमुख श्रेष्ठले पाण्डेलाई नेपालको झण्डा हस्तान्तण गर्दै भन्नुभयो, महादेशका ती अग्ला अग्ला हिमालहरुमा नेपाली भण्डा फहरायर नेपाललाई चिनाउनु हाेला ।

तपाई जुन उदश्यले यात्रा गर्दै हुनुहुन्छ त्यसमा सफलता मिलोस भन्दै उहाँले सफलताको कामना गर्नुभयो । तपाई सफ भई फकिएपछि महालक्ष्मी नगरपालिकाले गर्नुपर्ने बाकीनै छ त्यसलाई हामी पर्खेर बस्छौ, उहाँले भन्नुयभो, तपाई सफलताका साथ फर्किनुभयो भने नगरपालिकाले जुन गर्नुपर्ने काम छ त्यो गर्ने छौ ।

उहाँले पाण्डेलाई नगरपालिकाले दिएको डाईरीमा आजको दिनदेखी के के भएको छ त्यसलाई टिपोर्ट गरेर ल्याउन पनि आग्रह गनुभयो । तपाईले भोग्नु परेका समस्यहरु जे जती छन् त्यो कुराहरु तपाईले टिपोर्ट गरेर ल्याउनु भयो भने हामीलाई पनि एउटा गौरव लाग्ने बताउनुभयो ।

नगरपालिकाको डाइरीमा तपाईले जुन आरोहर गरेको विषय बस्तुहरुलाई टिपोर्ट गरेर ल्याउनु भयो भने नगरपालिकाले उच्च सम्मान गर्ने छ, उहाँले भन्नुभयो, त्यतीमात्र होईन हामीलाई पनि विस्तृत जानकारी हुने छ ।

हामी त्यो ठाउसम्म पुग्न नसकेपनि तपाई जाँदा के के समस्यहरु वा केके भयो त भन्ने कुरालाई हामी नगरपालिकामै बसेपनि जानकारी पाउन सक्नेछौ । त्यसैले नविर्सी तपाईका यात्रा अवधिभर भएका कुराहरुलाई डाईरीमा टिप्न आग्रह गर्नुभयो ।

उहाँले अहिले तपाईका लागि केहिँ गर्न नसकेपनि तपाईको यात्राको सफलताको लागि नगरपालिकाले साने कार्यक्रम राखेका छौ त्यसलाई सानो नसम्झेर स्वीकार्न पनि आग्रह गर्नुभयो । यो कार्यक्रम सानो होईन ठुलै हो भन्ने विषयलाई मनोन गर्नुहुने छ भन्ने विश्वास लिएको बताउनुभयो ।

त्यस्तै उपप्रमुह लक्ष्मी महर्जनले तपाईले विश्वलाई चिनाउने जुन उदश्य लिनुभएको छ त्यसमा सफल होस भन्दै शुभकाना दिनुभयो । उहाँले तपाई महालक्ष्मीको गौरव हो भन्दै यात्रा सफलको शुभकाना दिनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतले पाण्डेलाई महालक्ष्मी नगरपालिकाको लोगो भउको डाइरी हस्तान्तर गर्नुभएको थियो । विदाई कार्यक्रमा १० वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।, कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख चिरन्जीवी पौडेलले गर्नुभएको थियो ।