मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पत्र पठाएपछि …

विराटनगर, असार १४ गते । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाउनुभएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैहुनुहुन्छ । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाउनुभएको हो ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।