माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ, माघ १८ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।

आज बैठकको तयारी नपुगेकाले स्थगित भएको महासचिव गुरुङले बताउनुभयो । उहाँले आज नै प्रतिनिधिसभा बैठक भएकाले भोलि बस्ने गरि स्थगित भएको बताउनुभयो ।