सभामुख पदबाट राजीनामा दिनुभएका गौतम मन्त्री बन्दै

विराटनगर, साउन १७ गते । कोशी प्रदेश सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिनुभएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उहाँलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिनुभयो ।

सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैहुनुहुन्छ । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नुहुने छ ।