स्तनपान गराउनमा सहरका भन्दा गाउँका आमा सचेत

  • धर्म सुनार

काठमाडौं, साउन २१ गते । जन्मने वित्तिकै स्तनपान गर्न पाउनु प्राकृतिक रुपमै शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाग्लो, पहेँलो विगौती दुधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जस्ले शिशुलाई संक्रमक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाडो एक घण्टा भित्रमा उसलाई आमाको विगौती दूध अनिवार्य रुपमा खुवाउनु पर्छ ।

शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ भन्दै जनचेतनाका लागि विभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत जानकारी दिदै आईरहेको अवस्थामा नेपालमा पछिल्लो समय स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएको तथ्याङ्कले औँल्याएको छ ।
स्तानपान सप्ताह २०८० को सन्दर्भमा परियार कल्याण महाशाखाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले बजारमा पाइने दूध जन्य पेय पदार्थहरु बन्द गर्न सुझाव दिएका छन् ।

सन् १९९६ देखि २०२२ सम्म स्तनपान भन्दा दुधदानीबाट दुध खुवाउनेको संख्या बढेको तथ्याङ्कले देखाउँछ । आज आयोजिना एक अन्तरक्रिया कार्यक्रमर्माफत जानकारी दिदै नेपालमा २७ वर्षदेखि स्तानपान गराउने आमाहरुको संख्या ह्वात्तै घटेको बताइएको हो ।

अगस्ट १ देखि ७ गतेसम्म करिब १२० देशहरुमा मुल नाराका साथ विश्व स्तनपान सप्ताह मनाउदै आईरहेका छन् । नेपालमा सप्ताह मनाउनु स्तनपानलाई प्रवद्र्धन गर्ने र स्तनपानका फाइदाहरुका बारेमा समुदायस्तरमा जनचेतना फैलाउनुका साथै स्तनपानलाई सकरात्मक विधिमा निरन्तरता दिन प्रेरित गर्न र प्रभावकारी ढङ्गले आमाहरुको स्तनपान गर्ने बानी व्यवहारमा परिवर्तन ल्यानु मुख्य उद्देश्य रहेको छ ।

नेपालमा १९९६ बाट स्तानपान सम्बन्धी तथ्याङ्क संकलन गर्न थालिएको महाशाखाले जनाएको छ । तथ्याङ्क संकलन पाँच वर्षमा एकपटक गरिन्छ । हाल सम्म नेपालमा ६ पटक स्तनपान सम्बन्धी तथ्याङ्क संकलन गरिएको छ ।
पहिलो पटक सन् १९९६ मा नेपालमा स्तनपान गराउने आमाहरुको संख्या ७५ प्रतिशत थियो । अहिले उक्त संख्या घटेर सन् २०२२ सम्म ५६ प्रतिशतमा झरेको छ । स्तनपान नगराउने आमाहरुको संख्या ३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ ।
पोषण महाशाखाका प्रमुख लिला विक्रम थापाले अन्धविश्वास र जानकारी नभएका कारणले पनि नेपालमा स्थानपान गराउने आमाहरुको संख्या घट्दै गएको बताउनुभयो ।
सामाजिक परिवेश र जोतिषलाई हेराएर बच्चा जन्माउनेको संख्या पनि पछिल्ला समय बढ्दै गएकोले पनि स्तनपान घटेको थापाको भनाई छ । अपरेसन गरेर बच्चा जन्माएपछि स्थानपान गराउनु हुँदैन, आमाले सक्दैन, असजिलो हुन्छ भन्ने विचारले पनि स्थानपानमा कमी आएको उहाँले बताउनुभयो ।
सहरमा स्तनपान गराउनेको संख्या घटेको भएपनि न्युन आय र कम महिलाहरु स्तनपान तुलनात्मक रुपले बढेको देखिन्छ उनको भनाइ छ । वार्ल्ड भिजन  (world vision) इन्टरनेश्नल नेपालका स्वास्थ्य तथा पोषण प्रविधिक प्रमुख गणेश पाण्डेले आमाको दूध नआउने भन्ने कुरै हुँदैन । आमाको दुध आफै निक्सिदैन बच्चाले आमाको दूध चुस्नै पर्छ अनिमात्र आमाको दुध आउँछ भन्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

आमाको दुध आएन भन्दैमा बोतलबाट दुध खुवाई हाल्नु नहुन्ने उहाँको तर्क छ । त्यसले गर्दा आमाको दुध सुक्ने सम्भावना बढी हुने पाण्डेको भनाइ छ ।

पाण्डेले थपे, किन एक घण्टा भित्त भनेको भने बच्चा जन्मीने वित्तिकै जति ऊसँग पावर हुन्छ विस्तारै दुध नपाएसम्म उस्लाई भोक लाग्छ बच्चा कम्जोर हुदै जान्छ त्यसको मसलटर्निक कमजोर हुँदै जान्छ चुस्ने दर र क्षमतापनि कम हुँदै जान्छ । त्यहि भएर जन्मेको एक घण्टाभित्र दुध चुसाउनु भनेको हो पाण्डेले बताउनुभयो ।

सुदूरपश्चिम र कर्णालीमा स्तनपान बढि 

सन्र २०२२ काे छ महिनामा पूर्ण स्तनपान गराउनेकाे संख्या सहरमा भन्दा गाउँमा बढेकाे देखिन्छ,  । छ महिनामा सबैभन्दा बढी स्तनपान गराउनेमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी छन् । कर्णाली र सुदूरपश्चिम  प्रदेशमा ७४ /७४ प्रतिशत आमाहरुले स्तनपान गराउँछन्र ।  त्यस्तै सबै भन्दा कम  स्तनपान गराउनेमा लुम्बीनि र बागमती प्रदेशमा ४३/३६ प्रतिशत  आमाहरुले  आफ्नाे स्तनपान गराएकाे  तथ्याङ्कमा देखिन्छ । बागमती , लुम्बिनिकाे तुलनमा हेर्दा कर्णाली र सुदूरमा स्तनपान गराउने आमाहरुकाे संख्या बढी दखिन्छ ।

गाउँमा आमाहरुले बच्चालाई  आफ्नाे दूधमा चुसाउने गर्छन त्यसैले  पनि स्तनपान गराउने गाउँमा  बढि देखिएकाे पोषण महाशाखाका प्रमुख थापाले बताउनुभयाे । उहाँका अनुसार सहिरी क्षेत्रका आमाहरु बढी अपरेसन गराउने, बढि अफिसेयली काममा व्यस्त हुने, हुनेखाने भएकाले पनि उहाँहरूले बाेतलकाे दुध बढी खुवाउने गर्छन त्यही भएर सहरमा स्तनपान घट्दाे अवस्थामा देखिन्छ ।

त्यस्तै मधेशमा ६५ प्रतिशत, काेशीमा ५३ प्रतिशत, कण्डकीमा ६४ प्रतिशतले स्तनपान गराएकाे देखियाे ।