शिखर इन्स्योरेन्सका संचालक समितिका अध्यक्षले लिनुभयो शपथ

काठमाडौं, साउन २२ गते । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक समितिका अध्यक्ष गौरव अग्रवालले शपथ ग्रहण गर्नुभएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उहाँलाई आईतबार प्राधिकरणको कार्यालयमा शपथ गराउनुभएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित हुनुहुन्थ्यो ।