८० स्थानीय तहका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिदै सिटिइभिटी

काठमाडौँ, साउन २३ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट ८० वटा स्थानीयका लागि निःशुल्क प्राविधिक शिक्षाका लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाको पहुँच नपुगेका सो स्थानिय तहाबाट करीब दुई सय छात्रछात्राहरुका लागि निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि सिटिइभिटीले आवेदन खुला गरिएको हो ।

आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्राहरुलाई लक्ष्ति गर्दै परिषद्ले आवेदन खुला गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक आचार्यका अनुसार सिटिइभिटीले यो वर्ष प्रि डिप्लोमा तहमा ८० जना र डिप्लोमा तहमा १२० जना गरी जम्मा २०० जनालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने छ ।

छात्रबृत्ति सहित निःशुल्क प्राविधिक शिक्षा

त्यस्तै सिटिइभिटीले हरेका वर्ष दलित, मुस्लिम, बिपन्न र सिमान्तकृत समुदायका छात्रछात्रहरुलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउँदै आएको छ ।

यस वष पनि निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि सो सामुदायका प्रि–डिप्लोमा तहमा १२० जना र डिप्लोमा÷प्रमाणपत्र तहमा २८० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रबृत्ति सहित निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने सिटिइभिटीले जनाएको छ ।

बिपन्न र सिमान्तिकृत भन्नाले हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पिडित÷सहिद÷जनआन्दोलन घाइते परिवारलाई समेत समावेश गरीएको छ ।

Special Scholarship Notice for 80 Palika-2080-04-23