नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : त्रिवि शिक्षण अस्पतालका दुई चिकित्सक पनि पक्राउ

काठमाडौं, साउन २५ गते । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ पर्नुभएको छ । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । सांसदसमेत रहनुभएका सुनिल शर्मा यसअघि नै पक्राउ पर्नुभएको छ ।