कांग्रेस संसदीय दलको बैठकमा शेखरको माग : नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसक्यो उच्चस्तरीय छानबिन समिति मनाउँ

काठमाडौं, साउन २८ गते । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउनुभयो ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उहाँले भन्नुभयो, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?’

‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुप¥यो, हामी नै सक्षम छौं भनेको बिर्सिनुभयो ?’ उहाँले भन्नुभयो ।

कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने समेत बताउनुभयो ।

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उहाँले भन्नुभयो, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’