बैठकमा सुनिल शर्माकाे प्रष्टीकरण : गृहमन्त्रीको राजीनामाको अडानबाट व्याक हुन्न्, अर्थमन्त्रीबारे सोच्न सक्छु

काठमाडौं, असार २८ गते । नेपाली कांग्रेस सांसद सुनिल शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएकोबारे नेताहरुले प्रश्न उठाउनुभएको छ । जारी संसदीय दलको बैठकमा सांसदहरुले पार्टीको अनुशासन विपरीत बालकोट गएर अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाउनुभएको हो ।

आफ्नो बारेमा बैठकमा प्रश्न उठेपछि आफूलाई सहयोग गर्नेहरुलाई भेट्ने क्रममा आफू बालकोट गएको बताउनुभयो । उहाँले बैठकमा प्रष्टीकरण दिँदै भन्नुभयो,‘मैले मलाई ससोर्ट गर्नेहरुलाई भेट्नेक्रममा केपी ओली भेट्न गएको हुँ । मेरोबारेमा पार्टी सभापति, महामन्त्री, शेखर दाई सबैले मेरो पक्षमा बोल्नुभएको छ ।’

उहाँले आज बिहान बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने बताउनुभएको थियो । त्यसो त उहाँले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट व्याक हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उहाँले भन्नुभयो, प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएको थिए ।