जनमत पार्टीका नयाँ मन्त्रीको शपथ भोली विहान

काठमाडौं, साउन २८ गते । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने भन्ने तय भएको छैन ।