नगरप्रमुख श्रेष्ठले गर्नुभयाे स्वास्थ्य बीमा कार्यक्रमको अनुगमन

काठमाडाैं, साउन २९ गते । महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरि गोविन्द श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रमको अनुगमन गर्नुभएको छ । वडा नम्बर ८ मा रहेको लुभु प्राथमिक स्वास्थ्यमा सुरुभएको बीमा कार्यक्रमको नगरप्रमुख श्रेष्ठले आईतबार अनुगमन गर्नुभएको हो ।

नागरिकलाई स्वास्थ्य सेवामा पहुच पु¥याउने उदेश्यले लुभु प्राथमिक स्वास्थ्यमा २०७९ फागुनबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । स्वास्थ्य बीमा कार्यक्रमले पाँच महिनामै ठृलो उपलब्धी हाँसिल गरेको छ , वरिष्ठ जन स्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीले भन्नुभयो, ।

बीमाप्रति नागरिकहरुको कत्तिको चासो छ र कार्यक्रम प्रभावकारी कति भएको छ भन्ने उदश्यले नगरप्रमुख श्रेष्ठले अनुगमन गर्नुभएको उहाँले बताउनुभयो ।

नगरप्रमुख क्षेष्ठको भनाईलाई उद्धदार गर्दै ज्ञवालीले भन्नुभयो, स्वास्थ्य बीमाबाट नागरिक धेरै प्रभावीत भएको देखे मेयर सावले आवश्यक सामाग्रीका लागि तत्काल बैठक बसेर उपलब्ध गराउने भन्नुभयो ।

सो अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत रूद्रलाल भुसाल, वडा नं ८का वडाध्यक्ष विश्व राज श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक भरत बोहोरा हुनुहुन्थो ।