लगानी बोर्डको बैठक : ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत

काठमाडौं, भदौ ८ गते ।  लगानी बोर्डको ५५औं बोर्ड बैठकले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ ।

शुक्रबार बिहान बसेको ५५औं बोर्ड बैठकले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेगावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेगावाट ९ अर्ब ४६ करोड लगानी स्वीकृत गरेको हो ।

बैठकले दाङ राजपुर गाउँपालिकामा प्रस्तावित २४५ मेगावाट र २० मेगावाट क्षमतको सौर्य ऊर्जा अध्ययन अनुमति प्रदान गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।

भन्नभयो भन्नुभयो, ‘परियोजना कार्यान्वयनसम्बन्धी अरुण ३ जलविद्युत परियोजनाको डाइरेक्ट एग्रिमेण्ट सम्बन्धमा छ । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धमा रहेका छन् ।

त्यस्तै सौर्य ऊर्जा परियोजना कोहलपुर बाँडगंगाको डिटेल फिजिविलिटी स्टडीबारे बोर्डले जानकारी लिएको छ भने तल्लो अरुण जलविद्युत परियोजनाको लागि प्रारम्भिक अधिकारी तोक्ने सवालमा पनि बोर्डले आवश्यक निर्णय गरी मन्त्रीपरिषद्‍मा पठाउने कुरा गरेको छ ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सवालमा यस परियोजनाको विकासको खाका, परियोजनाको खाका, विकास ढाँचा र लगानीको ढाँचा तय गर्न गठित समितिको म्याद थप गरिएको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन परियोजना प्याकेज वानको बारेमा पनि बोर्ड बैठकलाई जानकारी गराइएको छ ।

‘सार्वजनिक–निजी साझेदारी ऐन–२०७५’ लाई संशोधनको प्रस्ताव तयार गर्न लगानी बोर्ड कार्यालयलाई स्वीकृति दिइएको छ ।