एमाले नेताहरु चढेको वुद्ध एयर जनकपुर नजिकै पुगेर काठमाडौं फिर्ता

काठमाडौं, भदौ १३ गते । नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्टशाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै हुनुहुन्थो ।

तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।