परराष्ट्रमन्त्री डा. पौडेल श्रीलंका प्रस्थान हुनुभयो

काठमाडौं, माघ १९ गते । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल श्रीलंका प्रस्थान हुनुभएको छ । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागीका लागि उहाँ विहिबार कोलम्बो प्रस्थान हुनुभएको हो ।

परराष्ट्रमन्त्री पौडेललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री पौडेल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुहुने छ । यस अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।