मनसुन निष्क्रिय : लगातार ठूलो वर्षा हुने सम्भावना छैन

काठमाडौं, भदौ १४ गते । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ ।

तराई तिर भने घाम लागेको छ । ‘तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन,’ उनले भने, ‘काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’