बचत फिर्ता गर्नुपर्ने मागसहित सिभिल सहकारी पिडितहरु भदौ ३० गते साधारण सभा गर्दै 

  • धर्म सुनार, 
काठमाडौँ, भदौ १७ गते । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी लिमिटेडको यहिँ भदौ ३० गते साधारण सभा गर्ने भएका छन् । पिडितहरुले शनिबार पत्रकार सम्मेलन गरी सहकारी आर्थिक अवस्था गत तीन वर्ष अघिदेखि असन्तुलन भएका कारण सहकारी संस्था बन्द भएको भन्दै नयाँ व्यवस्थापन समिति गठन गर्ने गरि सिभिल सहकारी पिडित बचतकर्ता समुहले साधारण सभा गर्न लागेकाे हो ।
सहकारीका सञ्चालकहरु केशवलाल श्रेष्ठ र इच्छाराज तामांङ लगायतले बचतकर्ताहरुको निक्षेप फिर्ता नगरेपछि तीन वर्ष देखि सहकारी बन्द भएको थियो । उहाँहरु अहिँले पूर्वच्छेका लागि थुनामा छन् ।
आदालतको प्रक्रिय लामो हुने भएकाले सहकारी पिडित बचतकर्ता रामप्रसाद श्रेष्ठकाे नेतृत्वमा मिलमिलापमा जुटेको छ ।  तीन वर्षदेखि अदालतमा पेष्सी छ तर बचत कर्ताहरुले कहिँले आफ्नो साँवा व्याज पाउने टुङगो नभएपछि आफुहरु मेलमिलापबाट अधि बढेको  सिभिल सहकारी पिडित बचतकर्ता समुहका संयाेजक समेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।
उच्च अदालत पाटनले २०७९ साल कात्तिक २५ गते सहकारी पिडित बचतकर्ताहरुले सहकारीको साधारण सभा गरि व्यवस्थापन समिति बनाउन मार्ग दर्शनको लागि कदम अघि बढाउन अदेश दिएको उहाँले जानकारी दिनुभयो । अदालतको आदेश अनुसार आउदो भदौ ३० गतेको साधारण सभा गर्न लागेको उहाँको भनाई छ । आउदो साधारण सभाले व्यवस्थापन समिति बनाउने छ, उहाँले भन्नुभयो,  त्यहि समितिले सहकारी पिडितहरुको बचत तथा निक्षेप फिर्ता गर्ने छ ।
त्यस्तै अर्का बचतकर्ता पिडित डा यादवप्रसाद ढुङ्गानाले सहकारी बन्दा हुँदा ऋण लिएकाहरुबाट पनि असुरल गर्न नसेको बताउनुभयो । समिति बनाएपछि ऋण असुल र बचतकर्ताहरुको बचत गरेको रकम फिर्ता गर्न सहज हुने उहाँको भनाई छ अदालतको प्रकृय लामो भएकाले हामी मेलमिलाप गरेर सबै बचतकर्ताहरुको साँवा र ब्याज फिर्ता गर्ने वाताबरण मिलाउन भदौ ३० गते साधारण सभा गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो मपनि तपाईहरुजस्तै पिडित हु, कसरी तपार्य हाम्रो बचत फिर्ता आउछ त्यहिँ सहजका लागि हामी लागिपरेका छौ ।
कालिमाटिस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले साँवा र व्याजसहित बचत गरेको पैसा फिर्ता गर्नुपर्ने माग गर्दै अदालत गएका दिए ।
सम्पूर्ण बचत तथा निक्षेपकर्ताहरुले आफ्नो बचत गरेको रकम साँवा र ब्याजसमेत केही नपाएका कारण आफूहरुको जनजीवन कष्टपूर्ण हुन गएको पिडितहरुको भनाइ थियो । बचतकर्ताको करिव आठ अर्ब रुपैयाँ हिनामिना गरेर सञ्चालकहरु अहिले कोहिँ थुनामा छन् भने केहिँ फरार रहेका छन् ।
सञ्चालन विरुद्ध दुई वर्षअघि मुद्दा हालेपनि अहिलेसम्म टुङ्गो लागेको छैन । सहकारीका कारण दैनिक गुजारा चलाउन नसक्नेदेखि लिएर बालबच्चाको फि तिर्न नसक्ने, औषधी उपचारमा कठिनाई भइरहेको बचतकर्ता पिडितहरुका गुनासो छ ।