रैथाने मह किन्न घरमै पुग्छन् ग्रहाक

तुलसीपुर, भदौ १९ गते । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उहाँले वार्षिक रु एकलाख कमाई गर्दै आउनु भएको छ ।
“हामीले पालेको मौरी स्थानीय जातको हो, यसलाई विकासे मौरीको झै समय पनि दिनुपर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ”, प्रेमबहादुरले भन्नुभयो, “दिनभर अरु काम गर्ने र साँझ, बिहान हेरचाह गरे मात्रै पनि पुग्छ ।”
दसवर्ष अघिदेखि परम्परागतरूपमा चल्दै आएको काठको घारमा मौरी पालन सुरु गर्नुभएका उहाँले सुरुमा दुर्ई÷तीन घारबाट काम सुरु गर्नुभयो, त्यसपछि ४० घारसम्म मौरी पालन गर्नुभएको छ । बीचमा रोग लाग्दा पनि कहिले  घट्ने र कहिले बढ्ने भइरहेको छ । “मैले ४० घारसम्म मौरी पालन गरेँ”, प्रेमबहादुरले भन्नुभया,े “कहिले रोग लागेर ह्वात्तै घट्ने पनि गर्छ, भने कहिले बढ्छ ।”
रैथाने जातको मौरीले आफै मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उहाँको भनाइ थियो । यसरी प्राप्त भएको मह बजारीकरणका लागि पनि लैजानु पर्दैन । यो मह खोज्दै ग्राहक घरमै आउने गर्छन् ।
स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको प्रेमबहादुरले बताउनुभयो ।“यो मह बिक्री गर्न हामी कहिल्यै बजार गएनाँैं, ग्राहकहरू खोज्दै घरमै आउँछन् ”,उहाँले भन्नुभयो“ वार्षिक एक क्विन्टलसम्म मह उत्पादन हुने भएकाले धेरै ग्रहाकलाई त पु¥याउन पनि मुस्किल पर्छ  ।”
सोही ठाउँका  कमल प्रकाश डाँगीले पनि २० घार रैथाने जातका मौरी पालन गर्नुभएको छ । उहाँले पनि वार्षिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै  आउनुभएको छ । प्रतिकिलो  मह रु एक हजार पाँचसयका दरले बिक्री हुँदै आएको छ । स्थानीय उत्पादन भएकाले यो मह लैजान बुटवल, नवलपरासीबाट मात्रै होइन् भारतबाट समेत आउने गरेको उहाँले बताउनुभयो ।“
हामीले काठको घारबाट निकालेर मह दिन्छौं”,कमलले भन्नुभयो, “कसैले चाकासहित लैजान्छन भने कसैले उतिबेलै निचोरेर मह लैजान्छन्।” पछिल्लो सयम गाउँ–गाउँमै पुग्ने गरेको विकासे मौरी पालनले रैथाने मौरी विस्तापित हुने खतरा रहेको उहाँहरूको गुनासो थियो  ।