नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण

काठमाडौं, भदौ २२ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउनुभएको छ । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्नुभएको हो । उहाँहरुले पनि शपथ लिनुभएको छ ।

त्यस्तै सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।