समाचार

भोटेकोशी बाढीमा बाजुराकाे हिमाली गाउँपालिकाका ८ जना सम्पर्कविहीन, खोजीका लागि आग्रह

बाजुरा — भोटेकोशी नदीमा आएको भीषण बाढीमा बाजुराको हिमाली गाउँपालिकाका ८ जना नागरिक सम्पर्कविहीन भएको भन्दै गाउँपालिकाले खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।