पदमुक्त गरिएपछि सरकारविरूद्ध सर्वोच्च पुगे कुलमान

काठमाडौँ — सरकारले आफुलाई गैरकानुनी रुपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरको बताउँदै कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

आफूलाई पदबहाली गर्न मागसहित घिसिङ रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनले रिट निवेदन पेश गरे पनि सर्वोच्च प्रशासनबाट दर्ताको टुंगो लागेको छैन ।

सरकारको निर्णय तत्काल रोक्न रिटमा अन्तरिम आदेशको माग गरिएको छ । मन्त्रिपरिषद, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई रिटमा विपक्षी बनाइएको छ। सरकारले बदनीयतपूर्वक आफूलाई स्पष्टीकरण सोध्दै पदबाट हटाएको जिकिर उनको छ।