काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज हेर्दाहेर्दैमा पुगेको छ ।
सुनुवाइमा निवेदक पक्षका वकिलहरूले पक्राउको कानुनी र संवैधानिक आधार नरहेको दाबी गरेका थिए । बहस सकिए पनि सरकार पक्षको जवाफ भोलिका लागि तोकिएको छ ।
सुनुवाइ न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको थियो।



