मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सञ्जय र वसन्त बने मन्त्री

धनुषा—  जनमत नेतृत्वको मधेश प्रदेश सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको छ।

मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गठन गरिएको सरकारमा सहभागी जनमत पार्टीकै वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ।

बिहीबार अबेर साँझ गरेको पुनर्गठनमा सञ्जयकुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Nepatop

नवनियुक्त मन्त्रीहरुलाई अबेर साँझ नै सपथ ग्रहण गराइएको छ । सपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार ग्रहण गरेका छन्।

बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेरबदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा नाकारात्मक टिप्पणी हुन लागेको छ।