राहत शिक्षकहरुको सडक आन्दोलन आज पनि, सिटी फुकेर प्रदर्शन

काठमाडौं, असोज ९ गते । राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई आज मंगलबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा आज सिटी फुकेर प्रदर्शन गरेका हुन्

सरकार सुतेको भन्दौ माइतीघरदेखि सीटी फुक्दै बानेश्वरमा पुगेर उहाँहरुले विरोध जनाएका थिए । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले महासंघले गद्धारको संघ्या दिएका छन् ।

सरकारले आफूहरुको माग संवोधन नगरेसम्म प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी छ ।