विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ, असोज १९ गते । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ ।

उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिनुभएको थियो । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।