यात्रुमैत्री बनाउन काठमाडौं महानगरले दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गर्दै

काठमाडौं, असोज २१ गते । काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको छ । महानगरले ३२ वटै वडामा २ अर्ब १५ करोड लागनी गरेर सबै सडक खण्डमा गरेर सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्न लागेको हो ।

पैदल मार्ग सुधारका लागि महानगरले केही स्थानमा सम्झौता समेत गरिसकेको जनाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको जनाएको छ ।

यसअन्तर्गत सबै फुटपाथमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिनेछ ।