१३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक १ गते । मंगलबारसम्म ओरालो लागेको सुनको मुल्य पुनः बढेको छ । बुधबार सुनको मूल्य तोलामा १३ सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।

मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ३५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यस्तै, चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।