आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट : सिङ्गापुरले गुमायो ४ विकेट

काठमाडौं, कात्तिक १३ गते । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले ४ विकेट गुमाएको छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिङ्गापुरले ६३ रनमा आफ्नो ४ विकेट गुमाइसकेको छ ।

मध्यम सुरुआत गरेको सिङ्गापुरले १ विकेटको क्षतिमा ५० रन पूरा गरेपनि ५५ रनसम्म ४ विकेट गुमाएको हो । हालसम्मको अवस्थामा सिङ्गापुरले ४ विकेट गुमाएर ९ ओभरको खेल सकिँदा ६३ रन बनाएको छ ।

नेपालका लागि करण केसीले सिङ्गापुरका कप्तान अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका छन्। यस्तै सिङ्गापुरका अमर्तया कौललाई गुलशन झाले शून्य रनमा आउट गरेका छन् भने रोहन रंगाराजनलाई गुलशन झाको बलमा सन्दिप जोराले आउट गरेका छन्। यस्तै सन्दिप लामिछानेले सुरेन्द्ररन चन्द्रमोहनलाई ६ रनमा आउट गरेका छन्।