भूकम्पमा परि जाजरकोटमा मात्रै ९२ को मृत्यु, ५५ जना घाइते

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ ।

५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

प्रवक्ता कडायतले भन्नुभयो, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताउनुभयो । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ