अमेरिकी राजदूतले गरे काठमाडौंको इनसेसेन्ट रेन फिल्म स्टुडियोको अवलोकन

काठमाडौं । नेपालका लागि अमेरिका राजदूत डीनआर थम्पसनले नेपालको चर्चित भिजुअल इफेक्ट तथा एनिमेसन फिल्म स्टुडियो इनसेसेन्ट रेनको अवलोकन गरेका छन् । छाउनीस्थित स्टुडियोको भ्रमण गर्दै उनले फिल्मको पढाइ थालेका विद्यार्थीलाई उत्साहपूवर्क सिक्न सुझाव समेत दिए ।

स्टुडियोको हात्तीसारस्थित कार्यालय र छाउनीको स्टुडियोमा झण्डै दुई घण्टा बिताएका राजदूत थम्पसनले त्यहाँ हुने कामको शैली र तरिकाबारे जिज्ञासा राखेका थिए । राष्ट्रसंघीय नियोग युनेस्कोका नेपाल प्रमुख माइकल क्राफ्टले पनि सोही अवसरमा स्टुडियो अवलोकन गरे । एकेडेमीले युवा नेपालीलाई दिने अवसर र यसले नेपाली फिल्म उद्योगमा पार्ने सकारात्मक प्रभावको चर्चा उनले गरे ।