मलिका महत स्टारर फिल्म ‘सतीदेवी’ फागुनदेखि छायांकनमा जाने

काठमाडौं । अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर बनाउन लागिएको फिल्म ‘सतीदेवी’को छायांकन आगामी फागुन तेस्रो सातादेखि हुने भएको छ । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहेको फिल्म नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको हो ।

ग्रामीण युवतीको संघर्षको कथा प्रस्तुत गर्ने यो फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर छायांकन गर्ने तयारी छ । सरस्वती पूजाको दिन पारेर बिहीबार फिल्मको औपचारिक घोषणा गरिएको हो । चलचित्र विकास बोर्डबाट निर्माताले सतीदेवी फिल्मको लागि निर्माण इजाजत पनि लिएका छन् ।