‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

मोरङ, मंसिर १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा  आज यहाँ आयोजित  ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल  लाग्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट  बजेट वितरणमा भेदभाव भएको गुनासो गर्नुभयो ।
कार्यकक्रममा प्रदेशका १४ जिल्लाका  स्थानीय तहका प्रमुखको उपस्थिति छ ।