महालक्ष्मीमा जुडो प्रतियोगिता सम्पन्न, प्रथम उपाधि नागार्जुन नगरपालिकालाई

ललितपुर, पुस २१ गते । महालक्ष्मी नगरपालिका वडा नम्बर ७ ले प्रथम वडाअध्यक्ष कप सम्पन्न गरेको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ वडाले शविबार (आज) उपत्यकाव्यापी पालिका स्तरीय जुनियर तथा स्याडेट जुडो प्रतियोगिता सम्पन्न गरेको हो ।

महालक्ष्मी नगरपालिका ७ वडा कार्यालयले पहिलोपट उपत्यका भित्रका सबै पालिकालाई समेटेर पालिका स्तरीय जुडो खेल प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितमा काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाले प्रथम उपाधि हात पारेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले दोस्रो र महालक्ष्मी नगरपालिकाले तेस्रो भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरीगोविन्द श्रेष्ठले जुडो खेलका लागि छुट्टै हलको व्यवस्था गर्ने प्रतिवद्धता व्याक्त गरेकाछन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख श्रेष्ठले ठाउँको खोजीमा छौ, उपयुक्त ठाउँ पाए नगरपालिकाले छिट्टै नै हल निर्माण प्रक्रिया अघा बढाउने बताए ।

त्यस्तै उप–प्रमुख लक्ष्मी महर्जनले खेलाडीहरु देशका गहना रहेको बताईन् । उनले भनिन्, तपाईहरुले आफ्नो प्रतिवा देखाउनु भएको छ त्यस प्रति म गर्व गर्दछु । किन भने खेलाडीहरु देशका गहना हुन् र आफ्नो स्वास्थ्यको लागि खेलको महत्वपूर्ण भुमिका रहनेगर्छ । यहिँ खेलले राष्ट्रको गौरव भएर पहिचान गराउने खेलाडी पनि हौ भन्दै उपप्रमुख महर्जनले भनिन्, नगरपालिकाले वडा स्तरीय उपत्यका व्यपि जुडो खेल प्रतियोगितामा सहभागि हुनुभका सबै खेलाडीलाई धन्यबाद व्याक्त गरिन् ।

अन्त्यमा वडा अध्यक्ष बाबुराजा महर्जनले “जुडो खेलाडी उत्पादन गर्न पालिका स्तरबाटै जुडो खेलको विकास गुर्नपर्ने बताए ।” “उनले देश संघियतामा गएको छ, त्यसैले हामीले पालिका स्तरबाटै जुडो खेलको विकास गर्नुपर्छ भन्ने उदश्यले वडामा पहिलोपटक जुडो खेलको आयोजना गरेको बताए ।”

कार्यक्रमका सभाअध्यक्ष समेत रहेका महर्जनले “केहि जुनियर खेलाडी घाईते भएको भन्दै दखु व्यक्त गरेका छन् ।” घाईते खेलाडीको सघ्रस्वास्थ्य लाभको कामना गर्दै ,“उनले भने”, “हामीले उपत्यकाका पालिकामा मात्र होईन राष्ट्रिय स्तरको पनि डुनामेन गर्नुपर्छ भन्दै सन्देश दिन यो खेलको आयोजना गरेको हो ।“

सो खेलका लागि उपत्यकाका ११ वटा पालिका सहभागि भएका थिए । सो पालिकाबाट १०३ जना खेलाडीहरुले सहभागि जनाए । वडा अध्यक्ष महर्जनले ११ वटा पालिकाले जुडो खेलमा सहभागिता गराईदिनुभयो, खेलाडीको मानोवल उच्च बनाउनका लागि तपाईले सहभागि गराई दिनुभएकोमा महालक्ष्मी नगरपालिका तर्फबाट पनि धन्यबाद व्यक्त गरे ।