यस वर्षको एसईई परीक्षा चैत पहिलो हप्तादेखि, करिब ५ लाख विद्यार्थीको रजिस्ट्रेसन भर्ना

काठमाडौं, पुस २५ गते । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो हप्ता एसईई हुन् बोर्डका अध्यक्ष महाश्रम शर्माले जनकारी दिनुभयो ।

। माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उहाँले भन्नभयो । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न उहाँले अनुरोध गर्नुभयो । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पार्नुभएको हो ।

‘शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकोले धेरै कुरा आएको छ । एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ । प्रदेश तहमा समिती बनेको छ । गत वर्षदेखि व्यवस्थापनमा प्रदेशले गरेको छ,’ उहाँले भन्नुभयो ।

शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उहाँको भनाई छ ।

‘प्रश्नपत्र बोर्डले तयार गर्ने, प्रमाणीकरण गर्ने बोर्डले गर्छ । त्यही अनुसार काम भैरहेको छ, उहाँले भन्नुभयो, भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भैरहेकोले एसईई प्रभावित हुनेछैन् ।

“जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुमा परीक्षा संचालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रअसँग भेट्यौ । पढाइ भइरहेको र सन्चालन्को लागि केन्द्र सन्चालन गर्नलाई अल्टरनेट गर्न सकिन्छ ।

नजिकैको अर्कोमा गर्ने तयारी भइरहेको छ । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल गरेको छ । परीक्षा सर्ने कुरा सुझाव आएको छैन,” उहाँले भन्नुभयो । भूकम्पले विद्यार्थीको किताब हराए पनि हाल पुस्तक पुगिसकेको अध्यक्ष शर्माले बताउनुभयो ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो ।’यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उहाँले भन्नुभयो,“कतै पुरानो परम्परा फर्किन्छ कि भन्ने छ ।’

यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या ४ लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।