रउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोली, राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने

काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुने छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुग्नुभएको थियो ।

सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।