लालबहादुर द स्पार्कमा पानीको कथा

काठमाडौं, माघ २५ गते । जी मिडिया कनेक्सनको ब्यानरमा निर्मित नेपाली सिरिज ‘लालबहादुर द स्पार्क’ को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजको ट्रेलरमा सरोज खनाल, सुनिल थापा, खड्गबहादुर पुन (खबपु)को अभिनय रहेको छ ।

२०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले बताए ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरिजमा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी, गीता थापा, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय रहेको छ ।

नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह–निर्देशन, प्रनुप थापाको संवाद, इसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङ्गार, विवेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको संगीत रहेको छ ।

फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेक्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ ।