राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ ।
सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् भने यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन् ।



