पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो । बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ । यसअघि गत असारमै सचिवस्तरीय बैठक बस्ने तयारी थियो । तर, विद्युत् खरिद बिक्री सम्झौताका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नै नेपाल आउने तयारी भएपछि तत्कालका लागि सचिवस्तरीय बैठक सरेको थियो ।
बंगलादेश सरकारले २९ जेठमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो । नेपाल र बंगलादेशबीच ऊर्जा सम्बन्धी क्षेत्रमा काम गर्ने सहसचिव स्तरको वर्किङ ग्रुप र उर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी सक्रिय बनाइएको छ । बंगलादेशमा बिजुली लैजान भारतले समेत अनुमति दिइसकेको छ । बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् लैजानेबारे सम्झौताको तयारी छ ।



