झापाको विर्तामोडस्थित चालु अवस्थामा रहेको गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि पड्काइसकेको कुकर बम भेटिएको छ ।
बम राति नै पड्काएको अनुमान गरिएको छ । विष्फोट भए पनि कुनै क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।
बमसँगै नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन ।
त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी-स्टेटका संचालक छत्र गिरीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको विर्तामोड प्रहरीले जनाएको छ ।