उच्चस्तरीय बैठक स्थगित, प्रधानमन्त्री प्रचण्ड र नेकपा अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, माघ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।