महालक्ष्मीले सुरु ग-यो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

ललितपुर, माघ २६ गते । महालक्ष्मी नगरपालिकाले नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । महालक्ष्मी नगर भित्रका सामुदय र निजि विद्यालयलाई लक्षित गर्दै सो कार्यक्र शुत्ररबारदेखि सुरु गरेको हो । नेपाल डनबस्को माविको प्राङ्गणमा विहिबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।

तीन दिनमा तिन विधामा खेल हुने नगरपालिका खेलकुद तथा शिक्ष शाखा प्रमुख चिरञ्जीवी पौडेले जानकारी दिनुभयो । जस्तै एथ्लेटिक्स, भलिबल र कबड्डी खेल हुने छन् । उहाँका अनुसार एथ्लेटिक्सका १२ वटा इभेण्ड रहेका छन् । त्यस्तै ट्रयाक एण्ड फिल्ड गरेर १२ वटा इभेन्डमा खेल हुने छन् । एक सय मिटर , चार सय, आट सय, १५ सय, ३ हजार र एक बाई चार सय मीटरको रनिङ हने छन् । त्यस्तै फिल्स तर्फ पाँच वटा ईभेण्डहरु रहेका छन् । ज्याब्लिङ थ्रो, सट फुट, हाईजम, लमजमसहित हुनेछन् ।

खेलमा जम्ममा ३१ विद्यालयका ९६५ जना विद्यार्थी सहभागी भएका छन्, उहाँले भन्नुभयो, जसमा एथलेटिक्समा २९ विद्यालयका २५४ छात्र, १८६ जना छात्रा गरि जम्मा ४४० जना विद्यार्थीहरुको सहभागी भएका छन् ।

त्यस्तै भलिबल खेलमा १४ विद्यालय सहभागी भएका छन् । जसमा १२६ छात्र र ९९ जना छात्रा गरि जम्मा २२५ विद्यार्थीले सहभागिता जनाएका छन् । कबड्डी तर्फ १६ विद्यालयले जहभागि जनाएका छन् । जस्मा १६० छात्र र १४० छात्रा गरि जम्मा तीन सय विद्यार्थी सहभागी भएका शिक्षा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्ड प्रप्त गर्ने छ भने खेलाडी विद्यार्थीले प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो र तृतीयलाई पनि प्रामणपत्र र मेडल प्रधान गरिने छ । जस्मा २४२ वडा प्रमाणपत्र र मेडल उपलब्ध गराईने छ ।

कार्यक्रमको उद्धघाटनमा बागमती प्रदेश सदस्य प्रेमबहादुर महर्जनले प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सलस्य महर्जन रहनु भएको थियो भने नगरपालिका नगर प्रमुख अरिगोविन्द श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो ।, सो प्रतियोगिता माघ २८ गते शनिबारसम्म संचालन हुने छ ।