४१ स्थानको प्रतिनिधि चुन्न २ लाख २६ हजार ७ सय ९९ मतदाता

काठमाडौँ  — स्थानीय तह उपनिर्वाचनको मतदान अवधि सकिएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदानको अबधि साँझ ५ बजे सकिएको हो।

निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले मतदान अवधि सकिएपनि निर्धारित समयअगावै मतदानस्थल प्रवेश गरेका मतदाताहरूले मतदान गर्न पाउनेछन्।

Laxmi sunrise bank 2034

उनले केही स्थानमा मतदान जारी रहेको जानकारी दिइन्। कति मतदान भयो भन्ने विषयमा भने आयोगले केही समयमा विज्ञप्ति जारी गरे जानकारी दिने तयारी गरेको छ।

प्रवक्ता पोखरेलका अनुसार पछिल्लो विवरण अनुसार ६० प्रतिशत मत खसेको छ। ‘६०/६१ प्रतिशत मत खस्छ भन्ने प्रक्षेपण थियो। ४ बजेपछिको विवरण त्यही छ। कति खस्यो भन्ने केही बेरमा सार्वजनिक हुन्छ,’ उनले भनिन्।

४१ स्थानको प्रतिनिधि चुन्न २ लाख २६ हजार ७ सय ९९ मतदाता थिए। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गर्ने कार्य सुरू हुनेछ। मतपेटिका मतदानस्थलमा ल्याउने र त्यसपछि छलफल गरी मतगणना सुरू गर्ने तयारी छ।

Nabil bank