महालक्ष्मी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सकियो , उपाधि पवन प्रकृति कुस्कुलको हातमा

ललितपुर, माघ २८ गते । महालक्ष्मी नगरपालिकाको नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डन बस्को स्कुलको प्राङ्गणमा संचालन भएको समापन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नगर प्रमुख अरिगोविन्द श्रेष्ठको उपस्थितीमा सम्पन्न भएको हो । सो कार्यक्रम यहिँ विहिबारबाट सुरु भएरतीन दिनसम्म संचालन भएको थियो ।

यस वर्षको नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने पवन प्रकृति स्कुलले जितेको छ । सो स्कुल यस वर्ष उत्कृष्ठ विद्यालयमा छनोट भएको छ । पाँच वटा विधामा प्रथन भएको सो विद्यालयले पाँचमा दितीय र एकमा तृतीय भएको थियो । स्वास्थ्य मन्त्री श्रेष्ठ र नगर प्रमुखले सो स्कुललाई शिल्ड र कप हस्तान्तण गर्नुभएको थियो । तीन दिन लगातार संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगर भित्रका सामुदय र निजि विद्यालय सहभागि भएका थिए । सो विद्यालय मध्य प्रथम पवन प्रकृति स्कुल, दितीय सिध्दिमंगल मा.वि र तृतीय गम्भीर समुद्र सेतर भएका थिए ।

नगरपालिका खेलकुद तथा शिक्ष शाखा प्रमुख चिरञ्जीवी पौडेलका अनुसार भलिबलमा छात्र तर्फ महालक्ष्मी माध्यमिक विद्यालय भएको छ भने छात्रा तर्फ भलिबलमा प्रथम सिद्धि मंगल माध्यमिक विद्यालय भएको छ । त्यस्तै दितीय हुनेमा छात्र तर्फ नेपाल डन बोस्को स्कुल भएको छ भन् छात्रा तर्फ दितीय महालक्ष्मी माध्यमिक विद्यालय भएको छ । शनिबार दिउसो भएको फाईनल खेलमा भलिबल छात्र तर्फ महालक्ष्मी माविका खेलाडी नेपाल डन बोस्को स्कुलका खेलाडीलाई हराउँदै विजेता भएका थिए ।

कवड्डीमा प्रथम छात्र तर्फ पवन प्रकृति स्कुल भएको थियो । दोस्रोमा नेपाल डन बोस्को स्कुल र तेस्रोमा वेष्ट विङ्ग स्कुल र श्रृङ्गेरी सामुदायीक मा.वि. भएका थिए । छात्रा तर्फ पनि पवन प्रकृति स्कुल प्रथम भएको छ । त्यस्तै नेपाल डन बोस्को स्कुल दोस्रो भएको छ भने श्रृङ्गेरी सामुदायीक मा.वि.र महालक्ष्मी मा.वि तेस्रो स्थानमा भएका छन् ।

एथलेक्टिक्स (रनिङ) तर्फ एक सय मिटमा प्रथम लुभू मा.विका छात्र प्रविण राना मगर र ब्लुम नेपाल स्कुलका छात्रा प्रशन्ना कार्की हुनुभएको छ । त्यस्तै दोस्रोमा पवन प्रकृति स्कुलका छात्र गौरव रिजाल र गम्भिर समुन्द्र सेतु मा. वि.का छात्रा शारदा योगी भएका छन् भने ब्लुम नेपाल स्कुलका छात्र नितेस यादव र सिद्धि मङ्गल मा. वि.का लासाङ तामाङ तेस्रो हुनुभएको छ ।

दुई सम मिटर रनिङ तर्फ कोपिला मा.विका छात्र आकाश महर्जन र दिव्य ज्योती मा.विका छात्रा अप्रिशा अर्याल प्रथम हनुभएको छ । त्यस्तै नेपाल डन बोस्को स्कुलका छात्र गोसा घले र महेन्द्र ग्राम मा.वि.का छात्रा रुपा चौधरी दोस्रो हुनुभएको छ भने सिद्धि मङ्गल मा. वि.काका छात्र पवन तामाङ र ब्लुभू नेपाल मा.विका छात्रा सुभेक्षा घोडासैनी तेस्रो हुनुभएको छ ।

चार सय मिटर रनिङमा ब्लुभू नेपाल मा.विका छात्र जितेश यादब र गम्भिर समुन्द्र सेतु मा.विका छात्रा मनिषा जोसी प्रथम हुनुभएको छ । त्यस्तै नेपाल डन बोस्को स्कुलका छात्र राम घले र छात्रा श्रेया नेमकुल दोस्रो भएका छन भने कोपिला मा.विका छात्र आकाश महर्जन र ब्लुम नेपाल स्कुलका छात्रा सुभेक्षा घोडसैनी तेस्रो भएका छन् ।

आठ सय मिटरको रनिङमा श्रृङ्गेरी मा.विका छात्र रोशन सुवाल र गम्भिर समुन्द्र सेतु मा.वि.का छात्रा मनिषा जोशी प्रथम हुनुभएको छ । त्यस्तै नेपाल डन बोस्को स्कुलका छात्र सुमन घले र श्रेया नेमकसल दोस्रो हुनुभएको छ भने तेस्रो स्थामा महालक्ष्मी एकेडेमीका छात्र सागर चौधरी र ब्लम नेपाल स्कुलका छात्रा प्रशंसा खत्री हुनभएको छ ।

१५ सय मिटर रनिङमा प्रथम हुने महालक्ष्मी एकेडेमीका छात्र युनिस सुनुवार र सिद्धि मंगल मा. वि.का छात्रा अञ्जली कोइराला हुनभएको थियो । त्यस्तै नेपाल डन बोस्को स्कुलका छात्र इलास घले र महेन्द्र आदर्श मा. वि.का छात्रा अनुषा लुङ्गेली मगर दोस्रो अुनभएको छ भने तेस्रो स्थानमा महालक्ष्मी एकेडेमीका छात्र रोहित थिङ र पवन प्रकृति स्कुलका रज्ना राई हुनुभएको छ ।

त्यस्तै तीन हजार मिटर अर्थात तीन किलोमिटर दौडमा महालक्ष्मीका छात्र युनिस सुनुवार भएका छन् भने छात्रा तर्फ सिद्धि मंगल माध्यामिक विद्यालयका आशा भोलान प्रथम हुनुभएको छ । नेपाल डन बोस्को स्कुलका छात्र सभाष उप्रेती र सिद्धि मंगल माविका छात्रा विपना थापा मगर दोस्रो हुनुभएको छ भने तेस्रो स्थानमा नेपाल डन बोस्को स्कुलकै छात्र गोषा घले र वेष्ट विङ्ग माविका छात्रा श्रृया तामाङ हुभएको छ ।

रिले दौउड चार बाई सयमा प्रथम हुनेमा नेपाल डन बोस्को स्कुल छात्र र विश्मित्र माविका छात्रा भएका छन् । त्यस्तै दोस्रो स्थामा ब्लम नेपाल स्कुलका छात्र र पवन प्रकृति माविका छात्रा भएका छन भने कोपिला माविका छात्र र साहिँ विद्यालयका छात्रा तेस्रो स्थान हुनभएको छ ।

हाईजम्पमा प्रथम हुनेमा किरण गौतम नेपाल डन बस्को स्कुलका छात्र र सज्ना राई पवन प्रकृति माविका छात्रा रहेका छन् । त्यस्तै दोस्रो स्थान हुनेमा निशान्त बराईली पवन प्रकृति माविका छात्र र प्शंसा पाठक श्रृङ्गेरी माविका छात्रा रहेका छन् भने अमृत चौधरी सिस्नेरी माविका छात्र र अनुषा लुङगेली मगर महेन्द्र आर्दर्श माविका छात्रा तेस्रो स्थानमा हुन सफल भएका छन् ।

लङ्गजम्पमा छात्र तर्फ सिद्धि मंगल माविका राजेश खड्का र छात्रा जोशिका सिँह ठकुरी पवन प्रकृतिबाट प्रथम हुनुभएको थियो । त्यस्तै पवन प्रकृति माविका छात्र गौरभ रिजाल र ब्लुम नेपाल स्कुलका छात्रा रञ्जना शर्मा दा्स्रो हुनुभएको छ भने तेस्रो स्थानमा गम्भिर समुद्र सेतु माविका छात्र टेकम भण्डारी र ब्लुम नेपालका छात्रा प्रशान्ना कार्कि हुनभएको थियो ।

त्रीपलजम्पको विजेता हसिल गर्न सफल भएको छ सिद्धि मंगल माविका छात्र सफल दोङ्ग र पवन प्रकृति माविका छात्रा साजना राई । त्यस्तै दोस्रोमा पवन प्रकृति माविका छात्र गौरब रिजाल र गम्भीर समुन्द्र सेतु माविका छात्रा उर्मिला विष्ट रहेका छन् भने नेपाल डन बोस्कको स्कुलका छात्र युनिक रिजाल र फुर्सा लिम्बु तेस्रो भएका छन् ।

ज्याभलिङ्गथ्रोमा नेपाल डन बोस्को स्कुलका छात्र दिपक योङ्गहाङ्ग र श्रृङ्गेरी माविका छात्रा रसु नेपाली प्रथम हुनभएको छ । त्यस्तै वेष्ट विङ्ग स्कुलका छात्र सुरज महर र मेरी वार्ड स्कुलका छात्रा मनिषा सापकोटा दोस्रो भएका छने भने युनाईटेड एकेडेमीका छात्र विवेक राई र मेरी वार्ड स्कुलका छात्रा समृद्धि श्रेष्ठ तेस्रो हुनुभएको छ ।

अन्त्यमा सटपुटमा गम्भिर समुद्र सेतु माविका छात्र टेकम भण्डारी र छात्रा मनिषा जोशी प्रथम हुनुभएको छ । त्यस्तै नेपाल डनवस्को स्कुलका छात्र दिपक योङ्डाङ र मेरी वार्ड स्कुलका छात्रा आयुशा चौधरी दोस्रो भएका छन् भने गौरीशंकर माविका छात्र साजन तामङ र महेन्द्र आदर्श माविका छात्रा कञ्चन केसी तेस्रो स्थान हुनुभएको छ ।

तीन दिनमा तिन विधामा खेल भएको खेल संयोज समेत रहनुभएका शिक्षा प्रमुख पौडेलले बताउनुभयो । संचालन भएका खेलहरमा एथ्लेटिक्सका १२ वटा विधामा, भलिबल र कबड्डी खेल भएको थियो । जस्तै एक सय मिटर , चार सय, आट सय, १५ सय, ३ हजार र एक बाई चार सय मीटरको दौँउड भएको थियो । फिल्स तर्फ पाँच वटा विधाहरु रहेका छन्, जस्थै ज्याब्लिङ थ्रो, सटफुट, हाईजम, लमजम भएका थिए ।

खेलमा महालक्ष्मी नगरपालिकाका ३१ विद्यालयका ९६५ जना विद्यार्थी सहभागी भएका थिए भने ,। जसमा एथलेटिक्समा २९ विद्यालयका २५४ छात्र, १८६ जना छात्रा गरि जम्मा ४४० जना विद्यार्थीहरुको सहभागी भएको थियो । त्यस्तै भलिबल खेलमा १४ विद्यालय सहभागी भएका थिए । जसमा १२६ छात्र र ९९ जना छात्रा गरि जम्मा २२५ विद्यार्थी थिए । कबड्डी तर्फ १६ विद्यालयले सहभागि थिए । जस्मा १६० छात्र र १४० छात्रा गरि जम्मा तीन सय विद्यार्थी खेलमा सहभागी भएको शिक्षा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्धघाटनमा बागमती प्रदेश सदस्य प्रेमबहादुर महर्जनले गर्नुभएको थियो भने खेलको समापन बागमती सरकारका स्वस्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गर्नुभएको थियो ।