प्रतिपक्षी दलहरूले भने– तत्काल हिउँदे अधिवेशनको प्रक्रियाअघि नबढाइए विशेष अधिवेशन माग गर्छौं

काठमाडौं — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायतले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया तत्काल अघि नबढाए विशेष अधिवेशन माग गर्ने बताएका छन्।

Shivam Cement

प्रमुख प्रतिपक्षी दलहरूले शुक्रबार पत्रकार सम्मेलनमार्फत् यस्तो भनाई राखेका हुन्। ‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ वक्तव्यमा भनिएको छ।

प्रेस वक्तव्य पढेर सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग हुने बताए।  वक्तव्यमा भनिएको छ, ‘सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौं ।’