एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा

काठमाडौँ  — नेकपा (एकीकृत समाजवादी) ले यसअघि तय गरेका तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गर्दै परिवर्तन गरेको छ ।  सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार संशोधित मिति अनुसार फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि सो पार्टीले यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक गरेको थियो ।
Laxmi sunrise bank 2034

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको सो पार्टीले महासचिव घनश्याम भुसाललाई आन्दोलनको संयोजक तोकेको छ भने आन्दोलन संयोजन समितिको सचिवमा नेता जीवराम श्रेष्ठ तोकिएका छन् ।