
रुपन्देही — लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको आठौँ बैठक आज दिउँसो एक बजे बस्दै छ ।
यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९/०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।